झरी!

19 giu 2021 · 2 min. 33 sec.
झरी!
Descrizione
'झरी'

तिमीलाई झरी मनपर्छ
अनि मलाई झरीमा रुझेकी तिमी

याद छ नि तिमीलाई?
जब हामी दसेराको मेला हेर्न बजार जाँदा कत्ति ठुलो मुसालधारे पानी परेको थियो,
अनि म मेरो छाताको ओतमा मुस्कुराउँदै तिमी भिजेको हेरीरहेको थिएँ।

तिमीलाई मैले आऊ मसँग ओतिन भनेर बोलाउने मन त थियो,
तर सम्बोधन गरेर बोलाउने कुनै साइनो भेटिनँ।।

हुन त भगवानको लिला अपरम्पार हुन्छ भने झौँ:
तिमी पनि सिधा मै सँग आई ओत लाग्न पुग्यौ,
खै भगवानको लिला भनौँ कि संयोग मैले त मेसै पाइनँ।।।

तिमी त पानीले भिज्यौ,
तर म चाहीँ ढुक ढुकीको बढ्दो चालसँगै निधारबाट तप तप चुहिरहेका पसिनाले!
मेरा मस्तिष्क यस्तो शितल मौसममा पनी किन पसिना निकाल्यो भनेर दङ्ग थिए,
अनि मन भने तिमी नजिक आएकाले होला कि खै नाच्दै थियो।।।।

यसरी तिमी केवल एक बित्ताको दुरीमा हुँदा पनि मुखबाट एक शब्द निकाल्न सकिन मैले!
तिमी मलाई हेर्दे फगत मुस्कुरायौ मात्र,
म भने तिम्रो मुस्कानमा पागल भइरहेँ।।।।।

समय बितेकै थाहा पाइनँछु मैले!
पानी बिसाई सकेछ तर मेरा आँखा भने तिमीबाट हट्न सकेकै थिएन,
मेरा कानले तिम्रा शब्दहरुको स्पर्श पाउने रहर; रहर मै सिमीत राखे किनकी तिमी एक शब्द पनि नबोलि गयौ।।।।।।

मेरा आँखाले तिमी टाढा भईरहेको दृश्य नियाली मात्र रहे,
मुखले पनि नजाऊ भनेर भन्नै सकेन,
मनका कुरा मनभित्रै गुम्सिएर बसे!

यसरी त्यती छोटो समयमा बुनेका सपना गाँठो परेर बसीरहे,
तिमी एकै छिनमा बिलिन् भयौ अनि मैले बुनेका सपना पनी ।।।।।।।
Informazioni
Autore Amrit Adhikari
Sito -
Tag

Sembra che non tu non abbia alcun episodio attivo

Sfoglia il catalogo di Spreaker per scoprire nuovi contenuti

Corrente

Copertina del podcast

Sembra che non ci sia nessun episodio nella tua coda

Sfoglia il catalogo di Spreaker per scoprire nuovi contenuti

Successivo

Copertina dell'episodio Copertina dell'episodio

Che silenzio che c’è...

È tempo di scoprire nuovi episodi!

Scopri
La tua Libreria
Cerca