झरी!
19 giu 2021 ·
2 min. 33 sec.
Scarica e ascolta ovunque
Scarica i tuoi episodi preferiti e goditi l'ascolto, ovunque tu sia! Iscriviti o accedi ora per ascoltare offline.
Descrizione
'झरी'
तिमीलाई झरी मनपर्छ
अनि मलाई झरीमा रुझेकी तिमी
याद छ नि तिमीलाई?
जब हामी दसेराको मेला हेर्न बजार जाँदा कत्ति ठुलो मुसालधारे पानी परेको थियो,
अनि म मेरो छाताको ओतमा मुस्कुराउँदै तिमी भिजेको हेरीरहेको थिएँ।
तिमीलाई मैले आऊ मसँग ओतिन भनेर बोलाउने मन त थियो,
तर सम्बोधन गरेर बोलाउने कुनै साइनो भेटिनँ।।
हुन त भगवानको लिला अपरम्पार हुन्छ भने झौँ:
तिमी पनि सिधा मै सँग आई ओत लाग्न पुग्यौ,
खै भगवानको लिला भनौँ कि संयोग मैले त मेसै पाइनँ।।।
तिमी त पानीले भिज्यौ,
तर म चाहीँ ढुक ढुकीको बढ्दो चालसँगै निधारबाट तप तप चुहिरहेका पसिनाले!
मेरा मस्तिष्क यस्तो शितल मौसममा पनी किन पसिना निकाल्यो भनेर दङ्ग थिए,
अनि मन भने तिमी नजिक आएकाले होला कि खै नाच्दै थियो।।।।
यसरी तिमी केवल एक बित्ताको दुरीमा हुँदा पनि मुखबाट एक शब्द निकाल्न सकिन मैले!
तिमी मलाई हेर्दे फगत मुस्कुरायौ मात्र,
म भने तिम्रो मुस्कानमा पागल भइरहेँ।।।।।
समय बितेकै थाहा पाइनँछु मैले!
पानी बिसाई सकेछ तर मेरा आँखा भने तिमीबाट हट्न सकेकै थिएन,
मेरा कानले तिम्रा शब्दहरुको स्पर्श पाउने रहर; रहर मै सिमीत राखे किनकी तिमी एक शब्द पनि नबोलि गयौ।।।।।।
मेरा आँखाले तिमी टाढा भईरहेको दृश्य नियाली मात्र रहे,
मुखले पनि नजाऊ भनेर भन्नै सकेन,
मनका कुरा मनभित्रै गुम्सिएर बसे!
यसरी त्यती छोटो समयमा बुनेका सपना गाँठो परेर बसीरहे,
तिमी एकै छिनमा बिलिन् भयौ अनि मैले बुनेका सपना पनी ।।।।।।।

Informazioni
| Autore | Amrit Adhikari |
| Organizzazione | Amrit Adhikari |
| Sito | - |
| Tag |
Copyright 2026 - Spreaker Inc. an iHeartMedia Company
Commenti